दफा ८९घ
कागजातलाई मान्यता दिने
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि भन्सार अधिकृतले कम्प्यूटर प्रणालीमा भएको अभिलेखको आधारमा आफ्नो आधिकारिक पासवर्ड प्रयोग गरी सो प्रणालीबाट मुद्रित गरेको जाँचपाससँग सम्बन्धित कागजातमा कर्मचारीको दस्तखत नभए पनि त्यस्तो कागजातलाई दस्तखत भए सरह मान्यता दिइनेछ ।

(२) भन्सार कार्यालयले उपलब्ध गराएको आधिकारिक पासवर्ड प्रयोग गरी विद्युतीय माध्यमबाट गरिने मालवस्तुको घोषणा, सूचनाको आदान(प्रदान वा जाँचपाससँग सम्बन्धित कम्प्यूटर प्रणालीमा भएको अभिलेखको आधारमा मुद्रण गरिएका कागजातमा सम्बन्धित व्यक्तिको दस्तखत नभए पनि दस्तखत भए सरह मान्यता दिइनेछ।